नीताको निर्माण र निर्देशनमा फिल्म ‘पार्वती’ बन्ने, माघ १ गतेलाई तोकियो रिलिज डेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री नीता ढुंगानाको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पार्वती’ को रिलिज मिति तय भएको छ। निर्माण पक्षले आइतबार दुई फरक पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी माघ १ गते देशव्यापी प्रदर्शनमा आउने जानकारी दिएको हो।

पोस्टरमार्फत मुख्य पात्रको दुई फरक भाव र जीवनका आयाम देखाइएको छ। पहिलो पोस्टरमा नीता पहेँलो छातामुनि, सिठी र पानीको बोतल सहित गम्भीर मुद्रामा देखिएकी छन्, जसले उनका संघर्ष, जीवनप्रतिको सोच र अन्तर्मनको संवेदनशीलता झल्काउँछ।

दोस्रो पोस्टरमा भने उनी गाउँले पोशाकमा हल्का मुस्कान र लजालु अदामा प्रस्तुत भएकी छन्। यसले उनको सरलपन, बालसुलभता र जीवनप्रतिको सहज दृष्टिकोण संकेत गर्छ।

फिल्मको कथा स्वयं नीता ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन्। फिल्मको छायांकन अनुभवी सिनेमाटोग्राफर कबिर लाल र शाहिद लालले गर्नेछन्।

सावित्रा अधिकारी, नरसरी अधिकारी र पवन ढुंगाना फिल्मका निर्माता रहेका छन्। निर्माण पक्षका अनुसार, ‘पार्वती’ हास्य, भावना र सामाजिक सन्देशले भरिएको कथा हो, जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भावलाई चित्रण गरिनेछ।

असोज महिनाबाट छायांकन सुरु हुने भनिएको फिल्मको सम्पूर्ण कलाकार र प्राविधिक टोलीबारे केही दिनमै जानकारी दिने निर्देशक शिवम् अधिकारीले बताएका छन्।

‘पार्वती’ ले नीता ढुंगानालाई निर्देशकको रूपमा समेत चिनाउने तयारी गरेको छ, जसले नेपाली फिल्म उद्योगमा नयाँ प्रयोगको संकेत गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।