कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध,सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग गरिएको कमिसन बारेको कुराकानीको अडियो सार्वजनिक भएको भन्दै कांग्रेसले  सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त नगरेसम्म राष्ट्रियसभा बैठक चल्न नदिने घोषणा गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो।

कांग्रेसको अवरोधका कारण राष्ट्रियसभाको बैठक फागुन १५ गतेसम्मका लागि स्थगित गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।