नीताको फिल्म ‘सुख दुःख’ मा मदनकृष्ण श्रेष्ठ अनुबन्धित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा निर्माण हुने फिल्म ‘सुख दुःख’ मा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अनुबन्ध भएका छन्। निर्माण पक्षका अनुसार श्रेष्ठलाई फिल्मको महत्वपूर्ण भूमिकाका लागि अनुबन्ध गरिएको हो।

फिल्ममा अनुबन्ध भएपछि कलाकार श्रेष्ठले कथावस्तु मन परेकै कारण अभिनय गर्न सहमति दिएको बताएका छन्। निर्देशक ढुङ्गानाले स्क्रिप्ट सुनाउँदा श्रेष्ठ भावुक बनेको र अभिनय गर्न उत्साहित देखिएको बताइन्।

यसअघि मिथिला शर्मालाई पनि फिल्मको कलाकारका रूपमा अनुबन्ध गरिएको थियो। उनीहरू बाहेक अन्य मुख्य कलाकारको नाम भने सार्वजनिक गरिएको छैन।

‘सुख दुःख’ फिल्ममार्फत अभिनेत्री नीता ढुङ्गाना निर्देशनमा डेब्यु गर्न लागेकी हुन्। फिल्मको छायांकनका लागि भारतका चर्चित छायाँकार कवीरलाल र शाहिदलाल अनुबन्ध भइसकेका छन् भने निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेले पाएका छन्।

‘नीता फिल्म्स’को ब्यानरमा निर्माण हुने फिल्म आगामी वर्षको दसैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने तयारी गरिएको छ। फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्रको वितरण रिच इन्टरटेनमेन्टले गर्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।