काठमाडौं । अभद्र व्यवहारको आरोपमा पक्राउ परेका चक्रे मिलन (मिलन गुरूङ)सहित १९ जनालाई प्रहरीले सात दिन हिरासतमा राख्न अनुमति पाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिएर प्रहरीले उनीहरूलाई अनुसन्धानका लागि हिरासतमा राखेको हो। पक्राउ परेकामध्ये बाँकी २८ जनालाई हाजिरी जमानीमा छोडिएको छ।
प्रहरीले महाराजगञ्जस्थित साम्बाला होटलमा चक्रे मिलनको जन्मदिन मनाउने नाममा आतंक फैलाएको भन्दै बिहीबार राति सर्च अपरेशन चलाएको थियो। घटनास्थलबाट ४७ जना नियन्त्रणमा लिइएको थियो।
तलासीका क्रममा दुई खुकुरी, एक पेपर स्प्रे र एक रड फेला परेको प्रहरीले जनाएको छ।
Comment