समीक्षाको स्वरमा तीज गीत ‘कस्की छोरी होला’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक सचिन भट्टराईको स्वरमा नयाँ तीज गीत ‘कस्की छोरी होला’ सार्वजनिक भएको छ। गीतमा युवतीले असल जीवनसाथी र युवकले असल जीवनसंगिनीमा खोज्ने गुण र चाहनालाई शब्दमार्फत प्रस्तुत गरिएको छ।

सचिन भट्टराईका मौलिक र सरल शब्दहरूले तीजको सांस्कृतिक भाव र परम्परागत शैलीलाई उजागर गर्छन्। गीतको भिडियोमा सुनिल न्यौपाने, मीना बर्तौला, अर्जुन सापकोटा र जुना बीसीको आकर्षक नृत्य समावेश छ।

भिडियो निर्देशन र कोरियोग्राफी मौसम हिमालीले गरेका छन्। गीतको संगीत संयोजन, छायांकन र सम्पादनको पक्षमा पनि सशक्त प्रस्तुति देखिएको छ।

यो गीत तीजको माहोलमा परिवार, प्रेम र संस्कृतिलाई एकै साथ महसुस गराउने उद्देश्यले तयार गरिएको बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।