राष्ट्रिय सभाका सांसद डा. अन्जान शाक्यले आर्थिक वर्ष २०८२/८३ का लागि जारी मौद्रिक नीतिलाई लचिलो, जनमुखी र अर्थतन्त्रमा गति ल्याउने दिशामा सकारात्मक पहल भएको बताएकी छन्। राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यो नीतिले मध्यम वर्गीय परिवारलाई घर निर्माणको सपना साकार पार्न मद्दत गर्ने, कर्जाको ब्याजदर घटाउने, र निजी क्षेत्रको लगानीमा उत्साह थप्ने विश्वास व्यक्त गरिन्।
उनले व्यक्तिगत आवास ऋणको सीमा २ करोडबाट ३ करोड र कर्जा धितो मूल्यांकन अनुपात ५० प्रतिशतबाट ७० प्रतिशत पुर्याइनु स्वागतयोग्य रहेको बताइन्। विदेश यात्रा गर्ने नेपालीका लागि डलर सीमा ३ हजार पुर्याइनु, र बैंक दर घटाइनुले आर्थिक गतिविधि सशक्त हुने उनको भनाइ थियो।

शाक्यले ‘मेक इन नेपाल’ अभियान, स्टार्टअप फन्ड, विना धितो कर्जा, र डिजिटल भुक्तानीजस्ता पहल rural अर्थतन्त्र र युवाहरूका लागि उपयोगी हुने भन्दै थप प्रभावकारी कार्यान्वयनको माग गरिन्। साथै, कृषि, उर्जा र उत्पादनमुखी क्षेत्रमा कर्जा विस्तार र ‘ग्रिन फाइनान्स’ जस्ता विषयमा विशेष रणनीति आवश्यक रहेको बताउँदै उनले दीर्घकालीन समृद्धिका लागि संरचनागत सुधारमा जोड दिइन्।
Comment