सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, वक्तव्य होइन परिणाम चाहिन्छ : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताएका छन् ।

नेपाली कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै सभापति थापाले सरकारका पछिल्ला निर्णय र विभिन्न घटनाक्रमले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताए । उनले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पारे ।

थापाले सरकारलाई जवाफदेही बनाउनु र लोकतान्त्रिक व्यवस्थाका आधारभूत मान्यताको संरक्षण गर्नु प्रतिपक्षको दायित्व भएको उल्लेख गर्दै कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

विशेषगरी सञ्चारमाध्यममा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै उनले यसलाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासमाथिको गम्भीर हस्तक्षेपका रूपमा व्याख्या गरे । उक्त घटनाले शाही शासनकालमा सञ्चारमाध्यममाथि गरिएको हस्तक्षेपको स्मरण गराएको उनको टिप्पणी थियो ।

प्रहरीका तर्फबाट आएका फरक–फरक वक्तव्य र प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक गरिएका धारणाले घटनाबारे थप अन्योल सिर्जना गरेको भन्दै थापाले औपचारिक वक्तव्य जारी गर्नु मात्रै पर्याप्त नहुने बताए ।

पत्रकार पक्राउ गर्न कसले आदेश दिएको थियो, कुन कानुनका आधारमा पक्राउ गरिएको थियो र त्यसमा को जिम्मेवार छ भन्ने विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने उनको माग थियो ।

‘हामीलाई वक्तव्य होइन, परिणाम चाहिएको छ,’ उनले भने, ‘किन भयो, कसले गर्‍यो, कानुनको कसरी प्रयोग भयो र दोषी को हो भन्ने कुराको जवाफसहित परिणाम चाहिन्छ ।’

सरकारमा रहेका व्यक्तिको व्यक्तिगत इच्छा नै कानुन हुन नसक्ने उल्लेख गर्दै थापाले राज्यका सबै निकाय संविधान र कानुनअनुसार सञ्चालन हुनुपर्ने बताए । राज्यका निकाय कुनै व्यक्ति वा पदाधिकारीका निजी आदेश पालना गर्ने संस्था नभएको उनको

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।