३०१३ बिन्दु पुगेर फर्कियो नेप्से, साढे २६ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लगातार आठ दिनसम्म उकालो लागेको नेपाली सेयर बजारमा आइतबार भने दोहोरो अंकको गिरावट आएको छ। साताको पहिलो दिन नेप्से सूचक २३.९३ अंकले घटेर १९५८.७१ बिन्दुमा अडिएको छ। कारोबारको सुरुवातमा नेप्सेले ३०१३.१७ बिन्दुसम्म उचाइ लिएको भए पनि त्यसपछि बजार ओरालो लाग्न थाल्यो। अघिल्ला आठ कारोबार दिन नेप्सेमा निरन्तर वृद्धि भएको थियो भने आइतबारको गिरावटले त्यो क्रममा ब्रेक लागेको हो।

यद्यपि, सूचक घटेपनि कारोबार रकममा भने उल्लेखनीय वृद्धि देखिएको छ। आइतबार कुल २६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो बिहीबारको १८ अर्ब १३ करोड रुपैयाँभन्दा करिब ८ अर्ब रुपैयाँले बढी हो। यो उच्च कारोबार रकमले बजारमा लगानीकर्ताको सक्रियता कायमै रहेको देखाउँछ।

कारोबारमा रहेका कम्पनीहरूमध्ये १८६ को सेयर मूल्यमा वृद्धि हुँदा ६३ कम्पनीको सेयर घटेको छ। समता घरेलु लघुवित्त वित्तीय संस्था र ट्रेड टावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने सान्भी इनर्जीको सेयर मूल्य ९.९८ प्रतिशतले उकालो लागेको छ।

फाइनान्स समूह २.२२ प्रतिशतले घटेको छ भने विकास बैंक समूहमा १.०६ प्रतिशतको सुधार देखिएको छ। अन्य समूहहरूले पनि मिश्रित प्रदर्शन गरेका छन्। बजार विश्लेषकहरूका अनुसार आठ दिनको निरन्तर वृद्धि पछि लगानीकर्ताहरूले मुनाफा सुरक्षित गर्न थालेकोले बजारमा गिरावट आएको हो, तर कारोबार रकमको वृद्धि सकारात्मक संकेत मानिएको छ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।