ताेलामा १८०० रूपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीकाे कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज एकै दिन सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ९५ हजार ५ सय कायम भएको छ । हिजो छापावा सुन १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भउको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । हिजो चाँदीको मूल्य २ हजार २ सय ८५ रहेको थियो । आज मूल्य वृद्धि भइ २ हजार ३ सय २० कायम भइ कारोबार भइरहेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।