सिन्धु विकास बैंकको नाफा २८७ प्रतिशतले वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा उत्कृष्ट वित्तीय प्रदर्शन गरेको छ। आज सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आवको तुलनामा २८७.६० प्रतिशतले वृद्धि भई ११ करोड ७८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा बैंकले मात्र ३ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद नाफा वृद्धि भएसँगै बैंकको प्रतिशेयर आम्दानी समेत उल्लेख्य रूपमा सुधार भएको छ। अघिल्लो वर्ष ५.४६ रुपैयाँ रहेको EPS यो वर्ष १५.६९ रुपैयाँले वृद्धि भई २१.१५ रुपैयाँ पुगेको छ।

हाल बैंकको चुक्तापूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ। यद्यपि, बैंकको जगेडा कोष भने २० करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेको छ, र रिजर्भमा १३ करोड ३४ लाख रुपैयाँ मात्रै रहेको विवरणमा उल्लेख छ।

बैंकले समीक्षावधिमा ५ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गर्दै ३ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको खराब कर्जा  अनुपात अघिल्लो वर्षको १०.६३ प्रतिशत बाट घट्दै ६.०३ प्रतिशत मा झरेको छ, जसले कर्जा गुणस्तरमा सुधार देखाएको छ।

हाल बैंकको वितरणयोग्य नाफा भने २० करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। यद्यपि, प्रतिशेयर नेटवर्थ ८६.७० रुपैयाँ कायम रहन सफल भएको छ।

आम्दानी पक्षमा हेर्दा, बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको १९ करोड १४ लाख रुपैयाँ बाट ३०.१४ प्रतिशत घट्दै १३ करोड ३७ लाख रुपैयाँ मा झरेको छ। तर, खुद सञ्चालन आम्दानी भने २० करोड ५९ लाख रुपैयाँ बाट ६०.१२ प्रतिशतले बढेर ३२ करोड ९७ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी, सञ्चालन नाफामा उल्लेखनीय वृद्धि देखिएको छ। अघिल्लो वर्ष २ करोड ९६ लाख रुपैयाँ मात्रै रहेको संचालन नाफा ४१७.३९ प्रतिशतले वृद्धि भई १५ करोड ३५ लाख रुपैयाँ पुगेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।