विवादस्पद सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल ठगी र आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरका अनुसार अग्रवाललाई सोमबार टोखाबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार अग्रवालविरुद्ध ठगीको उजुरी दर्ता भएपछि पीडितले प्रहरीलाई जानकारी दिएका थिए। सोही सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार अग्रवालविरुद्ध केही दिनअघि नै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

‘अग्रवालमाथि ठगी र आपराधिक विश्वासघातको उजुरी परेको थियो,’ एसएसपी अधिकारीले भने, ‘पक्राउ पुर्जी जारी भइसकेको अवस्थामा आज हामीले उनलाई नियन्त्रणमा लिएका हौं।’

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।