काठमाडौं । गायन रियालिटी शो The Voice of Kids सिजन ४ मा मकवानपुरकी रोश्ना विष्टको धमाकेदार प्रस्तुति जारी छ।
हेटौंडा एकेडेमीमा कक्षा सातमा अध्ययनरत विष्ट हाल टप २५ मा रहेकी छिन्। उनी अब टप १६ मा पुग्न लोकप्रिय भोट आवश्यक रहेको उनका काका भुवन विकास पाण्डेले जानकारी दिए।
सुमधुर स्वर, लगनशीलता र अनुशासनले भरिएको उनको प्रस्तुति निर्णायक र दर्शकमाझ लोकप्रिय बन्दै गइरहेको छ।
उनको सांगीतिक यात्रालाई अझ अगाडि बढाउन र विजयी बनाउने अभियानमा परिवार, विद्यालय तथा शुभेच्छुकले सबै नेपालीलाई मत दिन अपिल गरेका छन्। पाण्डेका अनुसार टीम मेलिनामा रहेको विष्टले गायिका बन्ने सपना देखेकी छिन्। उनले आफूलाई गायन क्षेत्रमा स्थापित गराउन चाहन्छिन्। पढाइमा समेत अब्बल रहेकी विष्टले डाक्टर बन्ने सपना देखेकी छिन्।
कसरी गर्ने भोट?
रियालिटी शोमा आफ्नो प्रिय प्रतिभालाई विजयी बनाउन Khalti App मार्फत सजिलै भोट दिन सकिन्छ। प्रक्रिया यस्ता छन्:
Khalti App खोल्नुहोस्
‘Entertainment and Lifestyle’ सेक्सनमा जानुहोस्
‘Voting’ विकल्पमा क्लिक गर्नुहोस्
Coach Melina चयन गर्नुहोस्
नम्बर २२ – Roshna Bista चयन गरेर मत दिन सकिन्छ।
Khalti App प्रयोग नगर्नेका लागि
यदि तपाईं Khalti प्रयोग गर्नुहुन्न भने, तल उपलब्ध QR कोड स्क्यान गरी आर्थिक सहयोग गर्न सक्नुहुन्छ।
थप जानकारीको लागि सम्पर्क गर्न सकिने नम्बरहरू:
९८४९७००३१२ / ९८४९००४२३१
Comment