युट्युबबाट पैसा कमाउने नीतिमा कडाइ, नयाँ नीतिको कसलाई पर्छ असर ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लोकप्रिय भिडिओ प्लाटफर्म युट्युबले आफ्नो मनिटाइजेसन नीति (भिडिओबाट आम्दानी गर्ने प्रक्रिया) मा महत्वपूर्ण परिवर्तन गरेको छ ।

यही जुलाई १५ तारिखदेखि लागू हुने गरी युट्युबले परिवर्तन गरेको मनिटाइजेसन नीति (भिडिओबाट आम्दानी गर्ने प्रक्रिया) अनुसार थोकमा अर्थात् एकै पटक धेरै क्यामेराले खिचेका, बारम्बार एउटै शैली दोहोर्‍याइएका, फोटोमात्रै राखेर बनाएका, एआईको प्रयोगबाट आवाज तथा भिडियो सिर्जना गरेका सामग्रीहरू मोनिटाइज हुने छैनन् । त्यस्ता भिडियोहरू युट्युबमा राख्न पाइने छ तर जतिसुकै पटक हेरे पनि आम्दानी भने हुने छैन ।

युट्युबले आफूहरू सधैँ मौलिक र प्रामाणिक सामग्रीको खोजीमा रहेको भन्दै अब दोहोरिएका र थोकमा बनाइएका सामग्रीहरूलाई कडाइका साथ समीक्षा गर्ने बताएको छ । नयाँ नियमले एकै ठाउँमा धेरै युट्युबर भेला भएर भिडियो खिच्ने, उस्तै स्क्रिप्टमा धेरै भिडियो बनाउने, पुराना भिडियो जोडेर नयाँ बनाउने तथा कम मेहनतमा बनाएका भिडियो राख्ने युट्युबरहरू प्रभावित हुनेछन् ।

कसलाई पर्छ असर

यो नयाँ नियमले खासगरी एउटै स्क्रिप्ट वा टेम्प्लेटमा धेरै भिडिओ बनाउने, पुराना भिडिओलाई थोरै सम्पादन गरेर फेरी अपलोड गर्ने तथा क्लिकबेट थम्बनेल र कम प्रयासमा बनाइएका शर्ट्स अपलोड गर्ने युट्युबरलाई असर गर्नेछ । अब यस्ता सामग्रीले मनिटाइजेसनको अनुमति पाउने सम्भावना कम हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।