आजको पञ्चाङ्ग
काठमाडौं । २०८२ असार ११ गते, बुधवार, २५ जुन २०२५। आषाढ कृष्णपक्ष औंसी तिथि, १६ः३८ बजेपछि प्रतिपदा। मृगशिरा नक्षत्र, ११ः२९ बजेपछि आर्द्रा। चन्द्रराशि मिथुन
आजको राशिफल
मेष : राशिका लागि आजको दिन निकै राम्रो रहनेछ, स्वास्थ्यमा सुधार आउँछ र व्यापारमा फाइदा हुने संकेत देखिन्छ।
वृष : राशिमा धनलाभको राम्रो योग छ, तर स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्छ।
मिथुन : राशिका लागि दिन सकारात्मक छ, बोलीको प्रभावले काम बन्नेछ र धार्मिक तथा राजनीतिक क्षेत्रबाट लाभ मिल्नेछ।
कर्कट : राशिको दिन सामान्य रहनेछ, खर्च बढ्ने, साथीबाट असहयोग हुने सम्भावना छ, तर पारिवारिक सम्बन्ध सहज रहनेछ।
सिंह : राशिमा शुभ ग्रहको प्रभाव रहनेछ, जसले आम्दानीका नयाँ स्रोत खुल्नेछन् र अग्रजको सल्लाहमा सफलता प्राप्त हुनेछ।
कन्या : राशिका लागि आजको प्रयासले दीर्घकालीन सफलता दिनेछ, तर स्वास्थ्य र पढाइमा अल्छी नअपनाउनुहोला।
तुला : राशिका लागि आज कला र गला प्रस्तुत गर्ने अनुकूल समय हो, तर शिक्षामा लगानी खेर जान सक्छ, सोचविचार गरी अघि बढ्नु उचित हुनेछ।
वृश्चिक : राशिको दिन सामान्य रहनेछ, कामको चाप बढ्नेछ, केही व्यक्तिहरूबाट विश्वासघातको सम्भावना पनि देखिन्छ, यद्यपि पारिवारिक सम्बन्ध सहज रहनेछ।
धनु : राशिका लागि आज नयाँ साथीहरूबाट सकारात्मक ऊर्जा प्राप्त हुनेछ, स्वास्थ्यमा सुधार र अध्ययनमा मन जानेछ।
मकर: राशिमा कामको चाप बढ्न सक्छ, शत्रु सक्रिय हुन सक्छन्, तर साझेदारीको व्यापारबाट फाइदा हुनेछ।
कुम्भ : राशिका लागि धार्मिक कार्यमा संलग्नता र बौद्धिक भेटघाट हुने समय हो, यद्यपि अनावश्यक खर्चमा नियन्त्रण आवश्यक देखिन्छ।
मीन : राशिको दिन सामान्य रहनेछ, साना कुराले मन अशान्त बन्न सक्छ, कम बोल्नु उपयुक्त हुनेछ र गणेश आराधनाले मानसिक शान्ति मिल्नेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
Comment