आजको पञ्चाङ्ग
काठमाडौं । २०८२ असार १० गते, मंगलवार, २४ जुन २०२५। आषाढ कृष्णपक्ष चतुर्दशी तिथि। १८ः३० बजेपछि औंसी। राेहिणी नक्षत्र, १२ः४७ बजेपछि मृगशिरा। चन्द्रराशि वृष
आजको राशिफल
मेष : आज सञ्चित धन खर्च गर्नुपर्ने दिन हो। राजनीतिक क्षेत्रमा गरेको मेहनतको पुरस्कार पाइनेछ। स्वास्थ्यमा समस्या आउने जोखिम छ। शिक्षाको क्षेत्रमा अझ बढी मेहनत गर्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध मिठो रहनेछ।
वृष : आजको दिन सामान्य रूपमा राम्रो रहनेछ। गुम्न लागेको धन फिर्ता आउने सम्भावना छ। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक सहकार्यमा गरिएको व्यापारबाट लाभ मिल्नेछ। राज्यको कुनै महत्वपूर्ण निकायमा नियुक्त हुने सम्भावना छ।
मिथुन : आजको दिन शुभ रहनेछ। मनमा उत्साह बढ्नेछ। धार्मिक व्यक्तिसँग भेटघाट भई नयाँ योजना बन्नेछ। विदेशसँग सम्बन्धित व्यापारबाट लाभ हुने देखिन्छ। पारिवारिक सम्बन्ध मिठासपूर्ण रहनेछ।
कर्कट : आजको दिन आम्दानीको दृष्टिकोणले राम्रो रहनेछ। पारिवारिक जिम्मेवारी अझ बढ्न सक्छ। खानपानमा लापरवाही गरे स्वास्थ्यमा समस्या आउन सक्छ। राजनीतिक क्षेत्रमा उपलब्धि मिल्नेछ।
सिंह :सहकार्यमा गरिएको व्यापारबाट लाभ मिल्नेछ। पारिवारिक सम्बन्ध सौहार्दपूर्ण रहनेछ। रोगले सताउने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उपयुक्त हुनेछ।
कन्या : आजको दिन शुभ रहनेछ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्ने देखिन्छ। उपचारमा हुनुहुन्छ भने स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा प्रगति हुनेछ। परिवारमा सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध राम्रो रहनेछ।
तुला : परिवारसँग रमाइलो घुमघाम हुनेछ। शिक्षामा तपाईंलाई काम लगाएर फाइदा लिने धेरै छन्। राजनीतिक क्षेत्रमा सेवाको सेवाको अवसर मिल्नेछ। आफूभन्दा बौद्धिक व्यक्तिसँग भेटघाटको सम्भावना रहेको छ।
वृश्चिक : दिन राम्रो छ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। रोजगारी प्राप्त हुने दिन छ। रोगलाई सानो भनेर लापरवाही गर्दा स्वास्थ्यमा समस्या आइपर्नेछ।
धनु : सानो कुराले मन दुख्ने छ। खटपटी बढ्ने जोखिम छ। शनिको प्रभावले आफन्त टाढा हुनेछन्। दाम्पत्य जीवन सुखमय बन्नेछ। राजनीतिक क्षेत्रमा हात नलगाउनु उचित हुनेछ।
मकर : दिन राम्रो छ। स्वास्थ्यले साथ दिँदा मनमा खुशी मिल्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। पदोन्नति हुने सम्भनावना छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।
कुम्भ : दिन सामान्य छ। मन अशान्त बन्नेछ। बोल्दा सचेत बन्नुपर्ने दिन छ। आज दक्षिणको यात्रा नगर्नु उचित हुन्छ। शनिदेव उचित ठाउँमा भए सोचेका काम बन्नेछन्।
मीन : दिन सामान्य छ। सम्पत्ति आर्जन हुनेछ। सहकार्य गरेर व्प्यापारमा अगाडि बढ्नु उचित हुनेछ। शिक्षामा प्रगति हुनेछ। मन शान्त भएकाले परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
Comment