डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तानको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका निम्ति मनोनयन गर्ने योजना घोषणा गरेको छ ।

गत महिना भारत र पाकिस्तानबीच भएको युद्धविराम वार्तामा ट्रम्पले खेलेको भूमिकालाई कारण देखाउँदै पाकिस्तान सरकारले यस्तो घोषणा गरेको हो ।

सामाजिक सञ्जाल एक्समा पाकिस्तानी सरकारले हालैको भारत–पाकिस्तान संकटको समयमा निर्णायक कूटनीतिक हस्तक्षेप र महत्त्वपूर्ण नेतृत्वका निम्ति उनी यो पुरस्कारको हकदार भएको उल्लेख गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पले यसअघि पनि आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गर्दै आएका छन् । यस वर्षको नोबेल पुरस्कार विजेताको घोषणा अक्टोबरमा हुनेछ ।

अमेरिकी राष्ट्रपति ट्रम्प यसअघि सन् २०१८, सन् २०२० र सन् २०२३ मा नोबेल शान्ति पुरस्कारका लागि सिफारिसमा परेका थिए । तर पुरस्कार भने पाएका छैनन् । पाकिस्तानको यो घोषणाका बारेमा अमेरिका र नयाँ दिल्लीबाट तत्काल कुनै प्रतिक्रिया जनाइएको छैन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।