रोशन राईको स्वरमा ३५ वर्ष पुरानो गीत ‘धोका दियौ तिमीले’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लोकप्रिय नेपाली गीत ‘धोका दियौ तिमीले’ को नयाँ भर्सन सार्वजनिक गरिएको छ। ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ का फस्ट रनरअप रोशन राई र गायिका मेलिना राईको स्वरमा रहेको गीत लुङ्टो क्रियशनको प्रस्तुति हो।

३५ वर्षअघि संगीतकार शान्तिराम राईले संगीत भरेको यो गीतमा बुद्धवीर लामाको शब्द छ। पुरानो संस्करणमा सरोज कुमार श्रेष्ठ र सुकमित गुरूङको स्वर थियो।

नयाँ भर्सनमा देवेश राईको एरेञ्ज र कश्विर थापाको मिक्सिङ–मास्टरिङ रहेको छ। अभिनेत्री केकी अधिकारी र गायक रोशन राईको अभिनय रहेको म्युजिक भिडिओ पनि सार्वजनिक गरिएको छ।

संगीतकार शान्तिरामले गीत आफ्नो संघर्षकालको स्मृति भएकाले तीन पुस्तामा लोकप्रिय बनेको बताए। रोशनले आफूलाई यस्तो सदावहार गीत गाउने अवसर दिएकोमा आभार व्यक्त गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।