काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार तेस्रो साताभित्र प्रकाशन गर्ने भएको छ । विद्यालय तहका शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाई भएकाले यस पटक नतिजा गत वर्षभन्दा केही दिन ढिलो हुन लागेको हो । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो ।
तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले नतिजा सार्वजनिकको मिति सरेको हो । एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू थिए ।
Comment