काठमाडौं । बाजुराको बाम्का बजारमा शुक्रबार दिउँसो आगलागी भएको छ । बुढीगंगा नगरपालिका ६ साँफे(मार्तडी सडकखण्डमा पर्ने बाम्का बजारमा आगलागी भएको हो । आगलागीमा ४० भन्दा बढी पसलहरू जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुरले जनाएको छ । प्रहरीको अनुसार आगलागी भएपछि प्रहरी टोली आगो नियन्त्रणमा प्रयास गरिरहेको छ तर आगलागी पूर्ण नियन्त्रणमा आइसकेको छैन।

Comment