दिवंगत राजपरिवारको श्रद्धाञ्जलीमा किन राखिएन दीपेन्द्रको तस्वीर ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दरबार हत्याकाण्डमा मारिएका दिवंगत राजपरिवारलाई श्रद्धाञ्जली दिने कार्यक्रममा पूर्वयुवराज दीपेन्द्र शाहको तस्वीर नराखिएको विषयले चर्चा पाएको छ । कुनै प्राविधक त्रुटिले नभएर सुझबुझका साथ उनको तस्बिर नराखिएको हो । कारण उनी हत्याकाण्डका मुख्य आरोपी हुन् । दरबारमा भएको हत्याकाण्डपछि गठन गरिएको सरकारी छानबिन समितिले दीपेन्द्रलाई घटनाको दोषी ठहर गर्दै प्रतिवेदन बुझाएको थियो । यही कारण श्रद्धाञ्जली कार्यक्रममा दीपेन्द्रको तस्वीर नराखिएको हुन सक्ने अनुमान गरिएको छ । कार्यक्रमस्थलमा राखिएको ‘दिवङ्गत राजपरिवारका सदस्यहरूलाई हार्दिक श्रद्धासुमन अर्पण’ लेखिएको ब्यानरमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजन, राजा वीरेन्द्रका भाइ धीरेन्द्र शाह, उनकी पत्नी शान्ति, छोरीहरू श्रद्धा र जयन्ती तथा श्रद्धाका पति कुमार खड्गविक्रम शाहको तस्वीर समावेश गरिएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।