२५ प्रतिशतले घट्यो शेयर धितो कर्जाको जोखिम भार, कस्तो पर्छ सेयर बजारमा यसको असर ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

    काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेपछि शेयर बजारसँग सम्बन्धित एक महत्वपूर्ण निर्णय लिँदै आर्थिक क्षेत्रमा सकारात्मक सन्देश दिएका छन्। आइतबार सार्वजनिक गरिएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले शेयर धितो कर्जामा जोखिम भार घटाउने निर्णय गरेको हो।

      हालसम्म ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जामा जोखिम भार १०० प्रतिशत कायम गरिएकोमा अब ५० लाख रुपैयाँभन्दा माथिको कर्जामा पनि जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारिएको छ। सन् २०७८ मा जोखिम भार १५० प्रतिशतसम्म पुर्याइएको थियो, जसका कारण शेयर बजारमा दबाव सिर्जना भएको थियो।

      नयाँ निर्णयले बैंक तथा वित्तीय संस्थाको पूँजीमा सकारात्मक असर पार्ने विश्लेषकहरूको भनाइ छ। अर्थशास्त्रीहरूका अनुसार यो कदम बजारको तरलता व्यवस्थापनमा मद्दत पुग्नुका साथै कर्जा प्रवाहलाई सहज बनाउनेछ। गभर्नर पौडेलको यो नीति शेयर बजारमैत्री तथा लगानीमैत्री रहेको भन्दै लगानीकर्ताले स्वागत गरेका छन्।

      यसैगरी, राष्ट्र बैंकले विदेशी लगानी तथा ऋण प्रवाहको व्यवस्थापनमा स्पष्ट योजना अघि सारेको छ। समीक्षामा ‘विदेशी विनिमय ऐन, २०१९’ तथा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५’ का प्रावधानहरूलाई समेट्दै ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ तयार गरिने उल्लेख गरिएको छ।

      राष्ट्र बैंकका अनुसार, यी विनियमावलीहरू सरल, स्पष्ट र प्रभावकारी बनाइने छन्, जसले दीर्घकालीन विदेशी लगानी भित्र्याउन सहज वातावरण तयार गर्नेछ। सरकार र केन्द्रीय बैंकको यो पहलले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

      एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।