काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा निजी क्षेत्रले चमत्कारिक उपलब्धि हासिल गर्न सक्ने दाबी गरेका छन्।
सोमबार नवलपुरको गैँडाकोटमा निर्माण सम्पन्न भएको ुइला होटेलु तथा ुआइएमई हस्पिटालिटीु को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले नेपालको निजी क्षेत्र पर्यटन प्रवर्द्धनमा सक्षम र प्रतिबद्ध रहेको बताए।
उनका अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरू औसतमा १२ दिन बस्ने र दैनिक ५० डलरभन्दा कम खर्च गर्ने गरेका छन्। यो परिपाटी परिवर्तन गर्न पूर्वाधारको विकास अपरिहार्य रहेको उनले उल्लेख गरे।
“नेपालमा रहेका प्राकृतिक सम्पदामा इच्छाशक्ति र प्रविधिको समायोजन गरी उच्चस्तरीय पर्यटन पूर्वाधार निर्माण गर्न सकिन्छ,” अध्यक्ष ढकालले भने, “तर अहिले पूर्वाधारको अभावका कारण पर्यटकको बसाइँ अवधि छोटो र खर्च न्यून भएको छ।”
उनले नेपाल सरकारलाई निजी क्षेत्रसँग सहकार्य र सहजीकरणको नीति अवलम्बन गर्न आग्रह गर्दै भने, “यदि सरकार र निजी क्षेत्रबीच प्रभावकारी साझेदारी गर्न सकियो भने, पर्यटन क्षेत्रबाट मुलुकको आर्थिक विकास छिट्टै सम्भव छ।”
Comment