रवि पक्राउ प्रकरण : पक्राउको विरोधमा रास्वपाको विरोध आज पनि जारी रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ।

सहकारीको रकम हिनामिना प्रकरणमा सभापति लामिछाने पक्राउ परेपछि परेदेखि  नै पार्टीले लगातार विरोध प्रदर्शन गर्दै आएको छ।

पार्टीले आज दिउँसो १२ः३० बजे पोखराको सृजना चोकमा भेला भएर विरोध प्रदर्शनमा सहभागीता जनाउन आफ्ना कार्यकर्ता र समर्थकहरूलाई आग्रह गरेको छ।

पोखरा लगायत देशैभरिका जनताहरूले देखाएको राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि आभार व्यक्त गर्दै पार्टीले अन्यायविरुद्धको लडाईमा आज पनि सहभागी भइदिन आग्रह गरेको हो।

आइतवार जिल्ला अदालत कास्कीमा पेस भएका लामिछानेलाई अदालतले छानबिन गर्न ६ दिनको म्याद थप दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।