काठमाडौं । थ्रिस्टार हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनी संचालक समितिको कात्तिक ५ गते बसेको बैठकले चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४९ करोड २५ लाख रुपैयाँको ४९ लाख २५ हजार कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीका अनुसार हकप्रद सेयर निष्काशनबाट प्राप्त हुने रकममध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणको लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानी गरिने छ । बाँकी १५ करोड रुपैयाँ निको इनर्जी लिमिटेडद्वारा निर्माणाधीन माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजना (९ मेगावाट) का लागि आवश्यक स्वपूँजीमा लगानी गर्ने कम्पनीले जनाएको छ ।
प्रस्तावित हकप्रद सेयर विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति, नेपाल धितोपत्र बोर्डको अन्तिम स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि जारी हुनेछ ।
Comment