आज पनि बढ्यो सुनको मूल्य,कतिमा हुदैँछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ। हिजोको तुलनामा यो मूल्य एक हजार रुपैयाँ बढी हो।

हिजो बिहीबार छापावाल सुनको मूल्य एक लाख दुई हजार ५०० रुपैयाँ तोकिएको थियो।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम हुँदा चाँदी तोलाको १ हजार ४०५ रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यही साउन ७ गतेयता सुनको मूल्यमा दिनहुँ रेकर्ड कायम भइरहेको छ। उक्त दिन छापावाल सुन तोलाको एक हजार ३०० सय रुपैयाँ बढेर ९४ हजार पुगेको थियो। त्यसयता आठ हजार ८०० रुपैयाँ बढिसकेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।