जसपाको संगठनात्मक कार्ययोजना सम्बन्धी छलफल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। जनता समाजवादी पार्टी (नेपाल) को जारी केन्द्रीय कार्य समिति बैठकमा तय गरिएका प्रस्तावहरूमाथि छलफल हुने भएको छ।

पार्टीको गाउँपालिका/नगरपालिकाको वडा तहसम्म समायोजन, आचारसंहीता निर्माण, वर्तमान परिस्थिति र जसपाको धारणा तथा कार्यसमितिका सदस्यहरूको कार्य विभाजनमाथि छलफल हुने भएको हो।

जसपा नेता लक्ष्मणलाल कर्णले संगठनात्मक कार्ययोजना सम्बन्धी पनि बैठकमा छलफल हुने बताए। पार्टी एकता भएको साढे तीन महीना हुन लाग्दा आह्वान गरिएको यो पहिलो बैठक हो। बैठकको पहिलो दिन हिजो नेताहरूले साविकको पार्टीमा भूमिका, राजनीतिक यात्रा र एकताप्रति आफ्ना धारणासहितको परिचय दिएका थिए।

बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा भइरहेको छ। एकतापछि जसपालाई पदाधिकारी चयनमा सकस परेको छ। ५१ सदस्यीय पदाधिकारीमध्ये दुई अध्यक्ष र तीन वरिष्ठ नेता मात्रै चयन भएका छन्। वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सहमहासचिव, प्रवक्तालगायत पदका पदाधिकारी छनौटमा नेताहरूबीच विवाद हुँदै आएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।