१७.३ प्रतिशत उद्योगी व्यवसायीले मात्र ब्याज छुट सुविधा पाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । झण्डै ८० प्रतिशत बढी उद्योगी व्यवसायीले ब्याज छुटको सुविधा पाएका छैनन । 

राष्ट्र बैंकको अध्ययनले उक्त कुरा देखाएको हो । अध्ययनमा १७.३ प्रतिशत उद्योगी व्यवसायीले ब्याज छुट पाएको बताइएको छ ।

जसमा ७१.६ प्रतिशतले सो सुविधा प्राप्त नगरेको र ११.१ प्रतिशतले आफूलाई सो सुविधा लागू नहुने बताएका छन् ।

ब्याज छुट प्राप्त गर्नेमा सबैभन्दा धेरै ३५.१ प्रतिशत कृषि, वन तथा मत्स्यपालन क्षेत्रका र सबैभन्दा कम १०.१ प्रतिशत अन्य क्षेत्रका उद्योग÷व्यवसाय छन् ।

सञ्चार क्षेत्रका कुनै पनि उद्योग÷व्यवसायले यो सुविधा पाएका छैनन ।

सहभागी मध्ये ७० प्रतिशत उद्योग÷व्यवसायले सरकारले चालु आवको बजेटमा व्यवस्था गरे अनुसार ५ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त भएमा कर्मचारी÷कामदारको रोजगारीलाई पूर्ण रुपमा निरन्तरता दिन सक्ने अध्ययनले देखाएको छ ।

बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी उद्योग÷व्यवसायहरुलाई सञ्चालन खर्च व्यहोर्न चालु पूँजीको अभाव, उत्पादनको बिक्री वितरणमा कठिनाइ र बजारमा मागको कमीजस्ता समस्या रहेको अध्ययनले देखाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।