बत्तिसपुतलीमा चक्कु प्रहार गरेर युवकको हत्या, ४ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। काठमाडौंको बत्तिसपुतलीमा शनिबार साँझ एक युवकको हत्या भएको छ।

मोरङ घर भई बत्तिसपुतली बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो । सामान्य विवाद हुँदा बीचबाटोमै चक्कु प्रहार गरेर हत्या गरेको जनाइएको छ ।

घटनामा संलग्न चारजनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार हत्यामा संलग्न १७ वर्ष मुनिका रहेका छन् । घटनाबारे प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।