गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका उनी आफैँ इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरमा पुगेका हुन् ।

जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो। तर, उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन्। विदेशबाट फर्किएपछि उनले आफैं प्रहरीसामु आत्मसमर्पण गरेका हुन्।

ओडकी श्रीमतीले चैत २० मा कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् । उनी अहिले कञ्चनपुर प्रहरीको नियन्त्रणमा छन् । प्रहरीले पाँच दिन म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।