सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सोमबार सुनको मूल्य प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएकोमा तोलामा २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार  मंगलबारका लागि छापावाल सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँ तेजावी ९९ हजार ३७५ रुपैयाँ तथा चाँदी १ हजार २३० रुपैयाँ तोकेको छ ।

आइतबारको तुलनामा सुनको भाउ प्रतितोला २०० सय रुपैयाँले बढेको हो । सोमबार आइतबारकै भाउमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले साउन १९ गते सोमबारका लागि छापावाल सुन प्रतितोला ९९ हजार ६०० रुपैयाँ तेजावी ९९ हजार १६० रुपैयाँ तथा चाँदी १ हजार २३० रुपैयाँ तोकेको थियो ।

चाँदीको भाउ यसअघि साउन १३ गते १ हजार २४५ रुपैयाँसम्म पुगेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।