प्रभु बैंकको खुद नाफामा ४६.७० प्रतिशतले बढायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैंकले चालु आवको पहिलो त्रैमासमा १ अर्ब ३ करोड नाफा कमाएको छ ।

बैंकले शुक्रबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा अनुसार नाफा ४६.७० प्रतिशत बढेको छ । गत वर्षको समीक्षा अवधिमा बैंकले ७० करोड ५० लाख रुपियाँ खुद नाफा कमाएको थियो । 

एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.१५ प्रतिशत र सञ्चालन नाफा ५१.३२ प्रतिशतले बढेको छ । 

बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपियाँ र रिजर्भ कोषमा १० अर्ब ९३ करोड छ ।

प्रतिशेयर आम्दानी भने १७ रुपियाँ ५७ पैसा र प्रतिशेयर नेटवर्थ १४७ रुपियाँ ८२ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।