काठमाडौं । गत वर्षबाट सुरु भएको ‘सप्तरङ्ग’ यात्राको दोश्रो चरणको तयारी पूरा भएको छ । कार्तिक १७ गते सातै प्रदेशमा सुरु हुने कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको आयोजक गृष्मा ब्रोर्डकास्टिङले जानकारी दिएको छ । सात कलाकारलाई लिएर सातै प्रदेशमा मनोरञ्जनात्मक कार्यक्रम गर्ने कन्सेप्ट अनुसार अघिल्लो वर्षदेखि गृष्मा ब्रोर्डकास्टिङले यो यात्राको थालनी गरेको हो।
पहिलो सिजनमा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन प्रवर्धन र समुन्नति केन्द्रित गरेको छ । दोस्रो सिजनका लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओडसँग सम्झौता भइसकेको आयोजकले जनाएको छ।
Comment