काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ।
बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने निर्णय गरेसँगै नतिजा सार्वजानिकको पनि अन्तिम तयारी गरेको हो।
बोर्डले आज एक सूचना निकालेर एसइईको नतिजा हेर्न सक्ने विकल्पहरुकोबारेमा जानकारी दिएको छ। जस अनुसार एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ।
Comment