फेरि ओरालो लाग्यो शेयर बजार, ३ अर्ब ६९ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से ७.१३ अंकले घटेर २१७०.२१ विन्दुमा झरेको छ ।

मंगलवार दिन शेयर बजार मापक सूचक नेप्से ७६.६४ अंकले बढेको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २५७ कम्पनीको ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ रुपैयाँ बराबरको १ करोड, ५ लाख २ हजार ६४९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ बराबरको ९३ लाख ३३ हजार ७८८ कित्ता शेयर किनबेच भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।