मन्त्रीसँगै राज्यमन्त्री पनि रिबन काट्न तम्सिएपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मन्त्रीसँगै राज्यमन्त्री पनि रिबन काट्न तम्सिएपछि आयोजक नै अन्योलमा परेको छ । 

व्यानरमा कार्यक्रमको प्रमुख अतिथिमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको नाममात्रै लेखिए पनि राज्यमन्त्री डा.तोसिमा कार्की पनि सहभागी भएर रिबन काट्न तम्सिएपछि अन्योल देखिएको हो । 

वीर अस्पतालको क्याथ ल्याब सेवा उद्घाटनमा व्यानरमा  प्रमुख अतिथि गिरीको नाममात्रै लेखिए पनि राज्यमन्त्री कार्की पनि सहभागी थिइन्। 

राज्यमन्त्री चिकित्सक नै भएकाले आउने इच्छा गरेपछि पछि बोलाइएको थियो । 

व्यानरमा मन्त्रीले मात्रै उद्घाटन गर्ने लेखिए पनि मन्त्री र राज्यमन्त्री दुवैलाई रिबन काट्न अस्पतालले दुई कैँचीको व्यवस्था गरेको थियो। मन्त्रीसँगै राज्यमन्त्री पनि रिबन काट्न तम्सिएको देखिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।