पोखरा विमान दुर्घटना: ७० जनाको शव भेटियो, दुईको अवस्था अझै अज्ञात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा ७० जनाको शव फेला परेको छ। सोमबार सोमबार दिउँसो सेती खोँचमा थप दुई जनाको शव फेला परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

आइतबार ६८ जना शव भेटिए पनि चार जनाको शव भेटिएको थिएन। २ जनाको अवस्था अझै अज्ञात छ। उनीहरुको खोजी कार्य जारी रहेको कास्की प्रहरीले जनाएको छ।

त्यस्तै अस्पतालमा पुर्‍याइएका शवमध्ये ३८ जनाको पहिचान खुलेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थल अवतरणका क्रममा सेतीको खोँचमा दुर्घटना भएको थियो। विमानमा चालक दलका ४ सदस्यसहित ६८ जना यात्रु सवार थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।