आइएमई पेबाट आइएमई लाइफको बीमा प्रिमियम तिर्दा १ हजारसम्म क्यासब्याक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक पाइने भएको छ।

आइएमई पे र आइएमई लाइफ इन्सोरेन्स कम्पनीबीच सो सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौता अनुसार आइएमई लाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाउने गरी व्यवस्था मिलाइएको छ।

सम्झौता आदान–प्रदान कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोद मान सिंह बस्नेतले यो सम्झौतासँगै डिजिटल वालेटको माध्यमबाट बीमा प्रिमियम भुक्तानी गर्न ग्राहकहरूलाई प्रोत्साहन मिल्ने बताए।

सम्झौतापछि आइएमई लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताहरूले नेपालभरी जहाँबाट पनि सजिलै आइएमई पेबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन्।

प्रयोगकर्ताले भुक्तानी गरेपछि एक हजार रुपैयाँको बोनस तुरुन्तै पाउनका साथै प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछि जुनसुकै दिनमा प्रिमियम तिर्दा बोनस प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको कम्पनीले बताएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।