काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ ।
साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)३.०३ अंकले घटेर २०६१.०६ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५७ कम्पनीको ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँ बराबरको ८२ लाख २२ हजार ८३३ कित्ता शेयर किनबेच भएका छन् ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । सोमवार २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४० रुपैयाँ बराबरको कारोबार भएको थियो।
Comment