देशभक्ती गीत ‘आमा तिम्रो छातीको पाटो, छिमेकीले बनायो मुलबाटो…’ (भिडियो)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको जागरण दिने देशभक्ती गीत सार्वजनिक भएको छ ।

भारतीय हस्ताक्षेपको कारण विवादित सीमा,सुस्ता, लिम्पियाधुरा, लिपुलेक,
कालापानीको विषयलाई समेटिएको ‘आमा तिम्रो छातीको पाटो छिमेकीले बनायो
मुलबाटो’ बोलको गीत सार्वजनिक भएको हो ।

रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत सार्वजनिक गीतमा शब्द रचना रमेश
बिजीको रहेको छ । लय संगीत नारायण रायमाझीको रहेको गीतलार्ई गायिका
शान्तीश्री परियारले साथ दिएकी छिन् ।

संगीत संयोजन बि.बि. अनुरागीको रहेको गीतलाई छायांकन/सम्पादन/कलर मिराज
अर्यालले गरेका छन् । अन्य सहयोगीहरुमा श्याम स्वत रसाईली,तेजेन्द्र गुरुड,
हेमन्तकान्छा, रत्नबिक रहेका छन् ।

गीतमा गोर्खालीको भूमिमाथी भएको थिचोमिचो जोगाउन अमरसिंह, बलभद्रहरुको
खोजी गरिएको छ । भारतले नेपाली भूमीे लिम्पियाधुरा, लिपुलेकबाट चीन
प्रवेशको नाका खोलपछि विवादको विषय बनेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।