देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठामाडौं । मनसुनी तथा स्थानीय वायुको प्रभावले आज देशका विभिन्न स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशमा भने स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागको आकलन छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशभरका पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेश  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।