एआइजीमा बढुवा भएका पन्त, सिंह र धानुकले लगाए दर्ज्यानी चिन्ह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी) मा बढुवा भएका तीन प्रहरी अधिकारीले दर्ज्यानी चिन्ह लगाएका छन् ।

आज बिहान मन्त्रिपरिषद्को बैठकले पहिलो नम्बरमा वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गरेको थियो। 

प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

गृह मन्त्रालयको बढुवा समितिले गरेको मूल्यांकनमा पन्तले ७४.४३ अंक तथा सिंह र धानुकले क्रमशः ७३.१ र ७१.५८ प्राप्त गरेका थिए।

बढुवाप्रति असन्तुष्टि जनाउँदै डिआइजी धनश्याम अर्याल र प्रकाशजंग कार्की सर्वोच्च अदालतमा पुगेका छन्। अर्का डिआइजी इश्वरबाबु कार्की पनि अदालत जाने तयारी रहेको जनाइएको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।