प्रहरीका तीन डीआईजी एआईजी बढुवा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका तीनजना नायब महानिरीक्षक (डिआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेको छ।

गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समितिले डिआईजीत्रय धीरज प्रताप सिंह, रवीन्द्र धानुक र बसन्त कुमार पन्तलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो।

५ फागुनमा सरकारले नेपाल प्रहरीमा एआईजीको ३ वटा नयाँ दरबन्दी थप्ने निर्णय गरेको थियो। थपिएको दरबन्दीमा सिंह, धानुक र पन्तलाई बढुवा सिफारिस गरिएको हो। अब नेपाल प्रहरीमा ८ जना एआईजी रहनेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।