कैलाली । कैलाली कारागारमा थुनामा रहेका एक युवकको मृत्यु भएको छ ।
लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका घोडाघोडी नगरपालिका–३ का २० वर्षीय श्यामबहादुर थापा मगरको कैलाली कारागारमा मृत्यु भएको हो।
उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा शुक्रबार निधन भएको हो । फोक्सोसम्बन्धी समस्या देखिएपछि उनलाई २ दिनअघिदेखि आईसियूमा राखेर उपचार गरिँदै थियो ।
मृतक थापामगर विगत दुई महिनादेखि फोक्सो सम्बन्धी बिरामी भएको बताइएको छ ।
Comment