अनुसन्धान कार्यलाई प्रभावित पार्ने खालका गतिविधि नगर्न साइबर ब्यूरोको अनुरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान कार्यलाई प्रभावित पार्ने खालका गतिविधि नगर्न आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो, भोटाहिटीले शुक्रवार एक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।

केही समयदेखि विभिन्न व्यक्ति र समूहले प्रविधिको दुरुपयोग गरी युट्युब र टिकटकलगायतका सामाजिक सञ्जालमा अनुसन्धान कार्यलाई प्रभावित पार्ने उद्देश्यले भ्रामक, झूटा क्याप्सन राखेर भिडियो तथा तस्वीर अपलोड गरेको पाइएकाले त्यसो नगर्न ब्यूरोले आग्रह गरेको हो ।

‘समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्‍याउने, पीडितको गोपनीयताको हक हनन गर्दै निजको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने किसिमका प्रवृत्ति देखिएको’ ब्यूरोको सूचनामा भनिएको छ ।

त्यस्ता क्रियाकलापहरू गरे विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारबाही हुने ब्यूरोले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।