एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन–१६० प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीले बजाज पल्सर एन१६० मोटरसाइकल पुरस्कार पाएका छन् ।

प्रतियोगिताको सह–प्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदार बजाज पल्सरले सर्वाधिक विकेट लिने रिजन ढकाल, सर्वाधिक रन बनाउने लोकेश बम र इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट राहुल यादवलाई मोटरसाइकल प्रदान गरी सम्मान गरेको हो ।

प्रतियोगिताका क्रममा खेलाडीको प्रदर्शनलाई प्रोत्साहन गर्न बजाज पल्सरले ‘पल्सर पावर प्ले च्याम्पियन’ पहलसमेत सञ्चालन गरेको थियो । यसअन्तर्गत प्रत्येक खेलको पहिलो ६ ओभरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै, ‘पल्सर पावर प्ले प्रेडिक्शन गेम’ मार्फत क्रिकेट समर्थकलाई पनि प्रतियोगितासँग जोडिएको थियो । खेलको अनुमान गर्ने प्रतियोगिताका विजेता, लिडरबोर्डमा उत्कृष्ट स्थान हासिल गर्ने सहभागी तथा स्मार्टवाच विजेतालाई पनि कम्पनीले बधाई दिएको छ ।

एनपीएल सिजन ३ सफल बनाउन योगदान पुर्‍याउने खेलाडी, टोली, आयोजक, साझेदार तथा क्रिकेट समर्थकप्रति आभार व्यक्त गर्दै बजाज पल्सरले नेपाली क्रिकेटको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

कम्पनी आगामी एनपीएल सिजन ४ र ५ मा समेत जोडिने जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।