काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको छ ।
जितका लागि पाएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.३ ओभरमा ११३ रन मात्रै बनाउन सक्यो ।
जसमा अभिषेश तिवारीले २०,कप्तान हर्मित सिंहले १९,मोइल अलीले १९ रनको योगदान गरेपनि जित दिलाउन सकेनन् ।
कर्णालीका युनिश ठकुरीले ३,हुसेन तलतले ३ विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेटको क्षतिमा १३२ रन बनायो ।
जसमा अरिफुल स्लामले ४३ र पवन सराफले ३७ रन जोडे।
जनकपुरका लागि कप्तान हर्मित सिंहले ३,राहुल यादव र मोइन अलीले २/२ विकेट लिए।
आजै भएको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रन हराको थियो ।
प्रतियोगिता अन्तरगत भोलि एउटा खेल हुनेछ । बेलुका ५ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।
कात्तिक ९ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । फाइनल भिडन्त मङ्सिर ५ गते हुनेछ ।




Comment