सन नेपाल लाइफले सुरू गर्‍यो ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले कम्पनीको ९औ बार्षिकोत्सवको उपलक्ष्यमा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ ल्याएको छ ।

बिहीबार सम्पन्न एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले यो बिमा योजना शुभारम्भ गरे ।

कम्पनीले १८ वर्षदेखि ६५ वर्षसम्मका मानिसहरूका लागि थोरै लागतमा ठूलो आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले यो नयाँ योजना ल्याएको हो ।

विशेष गरी युवा अवस्थामा रहेका परिवारका संरक्षकहरूको व्यावसायिक दायित्व र पारिवारिक दायित्वलाई सन्तुलनमा राखी आर्थिक सुरक्षा प्रदान गर्नु यस योजनाको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ । यो बीमा योजना कम्पनीका सम्पूर्ण शाखा कार्यालयका साथै डिजिटल माध्यमबाट पनि सहजै खरिद गर्न सकिन्छ । डिजिटल माध्यमबाट खरिद गर्नको लागि सनलाइफको वेबसाइट र सन कनेक्टबाट पनि खरिद गर्न सकिनेछ।

यो योजना अन्तर्गत न्यूनतम १० लाख रुपैयाँदेखि आयश्रोतका आधारमा जतिसुकै रकमसम्मको बीमाङ्क चयन गर्न सकिनेछ । बीमा शुल्क भुक्तानी मासिक, त्रैमासिक, अर्ध-वार्षिक तथा वार्षिक रूपमा गर्न सकिने सुविधा रहेको छ ।

बीमितको निधन भएमा बीमाङ्क रकमको शत प्रतिशत रकम दाबी भुक्तानी हुनेछ । यसका साथै ऐच्छिक सुविधा अन्तर्गत ५० हजार रुपैयाँसम्मको किरिया खर्च र १ लाख रुपैयाँसम्मको ‘सन मेडिकेयर’ आपत्कालीन स्वास्थ्य सेवा सुविधा पनि समेटिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।