काठमाडौं । एसिएन लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक हेमबहादुर कार्कीले पदबाट राजीनामा दिएका छन् ।
व्यक्तिगत कार्यव्यस्तताको कारण देखाउँदै सञ्चालक कार्कीले राजीनामा दिएका हुन् । सञ्चालक समितिको २९औं बैठकले २०८३ असोज १० गतेबाट लागू हुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।
एसियन लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठले पनि यसअघि नै पदबाट राजीनामा दिइसकेका छन् ।
कम्पनी सञ्चालक समितिको २३३औं बैठकले उनको राजीनामा स्वीकृत गरेको थियो । सीईओ श्रेष्ठको राजीनामा पनि २०८३ कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको हो ।




Comment