काठमाडौं । यश अभिनीत भारतीय फिल्म ‘टक्सिकः अ फेयरीटेल फर ग्रोन-अप्स’ नेपालमा प्रदर्शन भएको छ।
आक्रामक शोसहित यो फिल्म नेपाली हलमा पनि लागेको हो।
यस फिल्ममा यश दोहोरो भूमिकामा छन्। उनी बुवा र छोराको भूमिकामा देखिएका छन्।
यस फिल्मलाई १६ वर्षमाथिका दर्शकले मात्र हेर्न पाउनेछन्।
यस फिल्ममा यशसँगै कियारा आडवाणी, नयनतारा, हुमा कुरैशी, तारा सुतारिया, रुक्मिणी वसन्त मुख्य भूमिकामा छन्।
गीतु मोहनदासको निर्देशन रहेको फिल्म यश र गीतुको लेखनमा बनेको हो।
यश ‘केजीएफ २’ पछि यस फिल्ममार्फत फर्किन लागेका हुन्।
जसकारण पनि यो फिल्म प्रतिक्षित छ्न ग्याङस्टर-एक्सन थ्रिलर यो फिल्म सन् १९४० देखि १९७० दशकको समय रेखामा गोवामा सेट गरिएको छ।
यसको कथा गोवाको जीवन्त सांस्कृतिक अनुहार पछाडि लुकेको शक्तिशाली लागुऔषध कार्टेलको वरिपरि घुम्छ।





Comment