काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल काममा फर्किएका छन् ।
बिहीबार बसेको सञ्चालक समितिले अर्याललाई पूर्ववत् काममा फर्किन अनुमति दिएसँगै उनी ४ महिनापछि काममा फर्किएका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अर्यालविरुद्धको मुद्दा चलाउन अनुसन्धान प्रतिवेदन नबुझाएपछि उनी काममा फर्किएका हुन् ।
अर्याललाई सीआईबीले गत चैत १६ गते पक्राउ गरेको थियो । तर, पछि चैत २६ गते उनी रिहा भएका थिए ।




Comment